बिर्तामोड – अप्टीमिष्ट नेपाल अन्तर्गत अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा शनिबारदेखि झापामा सामुहिक आँखा दान राष्ट्रिय अभियानको शुभारम्भ भएको छ ।


ADVERTISEMENT


प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आँखा दानको घोषणा गर्दै झापामा सामुहिक आँखा दान राष्ट्रिय अभियानको शुभारम्भ गरेमा हुन् ।  आफू मरेपछि पनि आफूले दान गरेका आँखाको सहायताले दृष्टि विहिनले उज्यालो संसार देख्न सकुन् भन्दै मन्त्री कार्कीले आँखा दानको घोषणा गरेको बताए ।


ADVERTISEMENT

# # #


सामुहिक आँखा दान राष्ट्रिय अभियान कार्यक्रममा मन्त्री कार्कीसंगै बिर्तामोड नगरापालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी, बिर्तामोड वडा नं.२ का अध्यक्ष नगेन्द्र संग्रौला लगायत दुई सय ५० जना भन्दा बढीले आँखा दानको घोषणा गरेका थिए ।  झापामा पहिलो पटक आयोजना गरिएको सामुहिक आँखा दान कार्यक्रमलाई झापावासीले खुलेर प्रशंसा गरेका छन् ।

अभियानको पूर्ण सफलताको कामना गर्दै बिर्तामोड निवासी ८७ वर्षीय कृष्णप्रसाद ओलीले आँखा दानको घोषणा गरेका थिए । उनले इच्छापत्र फारम भर्दै आँखा दानको घोषणा गर्दा कार्यक्रमका सहभागी सवैले उत्साहित भएका थिए ।

अप्टिमिष्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीको अध्यक्षता तथा प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अप्टीमिष्ट क्लव अफ झापाका निरज ढुंगेलले औचित्यसहित स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड निवासी ८७ वर्षीय कृष्णप्रसाद ओलीसहित आँखा दानको घोषणा गर्ने दुई सय ५० जना दातालाई एकैसाथ सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशी र प्राबिधिक पुष्प अधिकारीले मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेकोले आँखा दान गर्ने दाताहरुको महरणोपरान्त आँखाको नानी उक्त केन्द्रमा संकलन गरिने बताएका थिए ।

कार्यक्रममा झापा नेत्रहिन संघका अध्यक्ष द्रोणार्चाय निरौला, कृष्णप्रसाद ओली, लगायतले बोलेका थिए । कार्यक्रममा अप्टिमिष्ट क्लव अफ नेपालका अध्यक्ष उदय कुमार निरौलाले झापाबाट शुरु भएको सामुहिक आँखा दान राष्ट्रिय अभियान देशैभर सञ्चालन गरिने घोषणा गरे । कार्यक्रमलाई बिजे एजुकेसन नेटवर्कले सहयोग गरेको थियो । कायक्रमको सञ्चालन तुलसीप्रसाद निरौलाले गरेका थिए ।