काठमाडौं– भीमफेदी गाउँपालिका २ भैसेबाट अवैध लागूऔषध गाँजा सहित ट्रक चालक पक्राउ परेको छ ।
करिब १ सय ५० किलोग्राम गाँजा सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ८ बस्ने ४१ वर्षीय बिर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालकलाई पक्राउ गरेको हो ।


























































