काठमाडौं– गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।


ADVERTISEMENT


लामा माथि भएको थुनछेकको बहसपछि हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पुपक्षका लागि जेल पठाउने आदेश दिएका हुन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार लामाविरुद्ध सकिएको थुनछेकको बहसपछि प्रजिअले सो आदेश दिएका हुन् । उनलाई आदेशसँगै डिल्लीबजार कारागार पठाइएको छ ।

गत फागुन ३० गते लामा काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

उनको साथबाट पेस्तोल र ६ राउण्ड गोली बरामद भएको थियो ।