रौतहट– रौतहटमा देशकै सबैभन्दा ठूलो मस्जिद बन्ने भएको छ । जिल्लाका मुश्लिमहरुको पहिचान बढाउन गुुजरा नगरपालिकामा देशकै ठुलो मस्जिद निर्माण गर्न लागिएको सांसद प्रभुु साहले बताएका हुन् ।


ADVERTISEMENT


गुुजरा नगरपालिका अन्तरगत लक्षमीपुर टोलमा झण्डै १० करोडको लगानीमा मस्जिद निर्माण हुने सांसद साहले घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार भएको एक अन्तक्रियामा माओबादी नेतृत्वको सरकारले मुश्लिमको पहिचान दिलाएको दावी समेत गरे । ‘राष्ट्रिय मुश्लिम आयोगको गठन, मदर्साबोर्डको गठन तथा मुश्लिमको पर्वमा सार्वजनिक बिदाको घोषणा माओबादकिो सरकारमा भएको हो’सांसद साहको दावी थियो ।

बाम गठबन्धनको सरकारले मुुस्लिमको आर्थिक, सामाजिक, शैक्षिक अवस्था उकास्न छुटै योजना बनाउने साहले प्रस्ट्याए ।