काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत (उप–सचिव) लिला अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


बुढानिलकण्ठ–२ बाँडेपाखामा रिभर्ज वायर (पानी ट्यांकी) निर्माणकार्य सम्पन्न गरे पश्चात कार्य अनुभवपत्र लिने प्रयोजनका लागी ५ लाख घुस लिइरहेको अवस्थामा अधिकारीलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता दिर्घराज मैनालीले जानकारी दिएका छन् । अधिकारीसँगै बुढानिलकण्ठ नगरपालिकाका इन्जिनीयर बिजेन्द्र श्रेष्ठ पनी पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


आयोगबाट खटिएको टोलीले उप–सचिव अधिकारी र ईन्जिनीयर श्रेष्ठलाई काठमाडौं महानगरपालिका वडा नम्बर–३ को वडा कार्यालय अगाडीबाट सोमबार साँझ नियन्त्रणमा लिईएको हो । छुट्टाछुट्टै कारमा सवार उनिहरुलाई अख्तियारको हिरासतमा राखेर थप अनुस्न्धान शुरु गरेको बताईएको छ ।