काठमाडौं–काठमाडौंमा खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सूरु भएको छ ।


ADVERTISEMENT


उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार एक कार्यक्रमका बीच खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धि ३ दिने अन्तराष्ट्रिय सम्मेलनको उदघाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


जलवायू परिवर्तनबाट मानव स्वास्थ्यमा असर पर्न नदिने गरी पानीको स्रोतलाई जोगाउन तथा अभाव हुन नदिने मूल उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनिकरण गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
उनले बढ्दो तापक्रमसँगै खानेपानी, वातावरण र मानव स्वास्थ्यमा दिनानुदिन असर बढदै गईरहेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्ने दिशामा सबैको सामूहिक प्रयास हुनुपर्नेमा पनि जोड दिए ।

सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को संयोजनमा आयोजना गरिएको सम्मेलनमा २० राष्ट्रका करिव ५ सय विज्ञहरु सहभागी भएका छन् ।

विभिन्न १५ विषयका १ सय १६ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा नेपाल सरकारका खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियरहरुको उल्लेख्य सहभागिता रहेको छ ।