गैंडाकोटा– एनआईसी एसिया बैंकले नवलपुर जिल्लाको गैडाकोटस्थित काँग्रेसचोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


आज एक समारोहका बीच गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा बोल्दै मेयर छत्रराजले स्थानिय किायमा बैकिङ्ग सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैंडाकोट आउनु आर्थिक समृद्धिका लागि कोसेढुगां सावित भएको उनले बताए । अब एआईसी बैंकका कारण यहाँका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । बैंकको १ सय ७४ औ शाखाको रुपमा काग्रेसँचोकमा एटिएमसहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक संचालक समिति सदस्य राजेन्द्रप्रसाद अर्यालले बताए । ‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउँ–गाउँमा बिस्तार नभएको भन्दै एनआईसी एसिया बैंकले गाउँ गाउँमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्य अनुसार आफुहरु गाउँ गाउँमा पुगेको बताए ।

सोही अवसरमा गैडाकोट उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले बैङ्किङ्ग क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडी बढिरहेको गैडाकोटवासीलाई सहज भएको बताए ।
कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेल, वडा न ४ का वडा अध्यक्ष कृष्णपसाद न्यौपाने, बैकका क्षेत्रीय प्रबन्धक तिलक कार्की लगायतले बोलेका थिए ।

विराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको छ ।