काठमाडौं–सभामुख कृष्णबहादुर महराले आफ्नो प्रमुख स्वकीय सचिवमा सागर केसीलाई नियुक्त गरेका छन् ।


ADVERTISEMENT


केसी माओवादी अध्यक्ष प्रचण्डका ज्वाईं हुन् । केसी पत्नी ज्ञानुको क्यान्सरका कारण केही बर्ष अगाडि निधन भएको थियो ।


ADVERTISEMENT

# # #


केसी यस अघि समानुपातिक तर्फबाट संसादमा आउने चर्चा पनि थियो । तर, अन्तिम समयमा उनको नाम काटिएको थियो ।

महरामाथि प्रचण्डलाई प्रभावमा पारेर पटक–पटक लाभको पद लिने गरेको आरोप लाग्ने गरेको छ ।

तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भएका महराले पछिल्लो पटक सभामुखको पद पाएका थिए ।