काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले एक साताभित्रै विशेष महाशाखा बनाएर जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपना साकार हुने उनले बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले भने, ‘हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, यो नेपालीहरुको लागि ठूलो उपलब्धि हो ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेलमार्ग र जलमार्गबारे भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञा दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देशमा सागरको पहुँच पुर्‍याउँछु भनेको उनले स्मरण गर्दै उनलै भने, ‘दुबै प्रधानमन्त्रीस्ले दुई देशबीच जे-जति सम्झौता भएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सम्झौताहरु कार्यान्वयन हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

महासेठले थपे, ‘सन् २०१८ भित्र जयनगर–जनकपुर–बर्दिवासमा रेलमार्ग निर्माण सम्पन्न गर्छौं, रेल आउँछ । अर्को साल बर्दिवास–बिजलपुरा, अर्को साल बिजलपुरा–सिमरा निर्माण सम्पन्न गर्छौ ।’

रक्सौल–काठमाडौं जोड्ने सहमति हुनु उपलब्धिमूलक भएको भन्दै उनले एक वर्षभित्र सर्वेक्षण गरेर डिपीआर तयार पर्ने बताए ।