पोखरा – पोखरा विमानस्थल ल्यान्डिङ गरी पार्किङ गर्ने क्रममा हृवील लक भएपछि सबै उडान प्रभावित भएको छ ।


ADVERTISEMENT


काठमाडौंबाट पोखरा अवतरण गरेको यति एयरलायन्सको जहाज रन-वेमा हृवील लक भएको हो ।


ADVERTISEMENT

# # #


‘जहाज ल्यान्डिङ गरी पार्किङ गर्ने क्रममै रन-वेमा हृवील लक भएर जहाज उडान प्रभावित भएको हो,’ पोखरा विमानस्थल प्रमुख भोला गुरागाइँले भने, ‘काठमाडौंबाट प्राविधिक ल्याएर मर्मत हुँदैछ ।’

रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पर्‍ुयाएर उडान सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख गुरागाइँले जानकारी दिए ।

ठूलो जहाज ल्यान्डिङमा समस्या हुने भएपछि तारा एयरको सानो जहाजमा प्राविधिक पोखरा ल्याएर विमानस्थल खुलाउने तयारी भइरहेको सूचना अधिकारी काशीनाथ अधिकारीले जानकारी दिए ।

मर्मत तथा विमानस्थल सञ्चालन मंगलबार नै हुने भए पनि अझै केहिबेर लाग्ने प्राविधिकले जानकारी दिएका छन् । पोखरामा दैनिक ३५ उडान हुँदै आएको छ ।