काठमाडौं । भबिष्यको आईजीपी भन्दै काममा भन्दा हल्लामा सेलिब्रेटी बनाईएका डिआईजीपीहरु रमेश खरेल र सर्बेन्द्र खरेल अन्तिममा आईजिपी बन्ने खेलबाट बाहिरिएका छन् ।


ADVERTISEMENT


श्रोतका अनुसार खनाल स्याङजा जिल्ला प्रमुख हुदा माओबादीसंग मिलेर प्रहरी टोलि डुबाएको काण्डमा फसेका छन् । सो घटनामा आफू काग्रेस रहेता पनि माओबादीलाई सहयोग गरेको भन्दै माओबादीसंग प्रचण्ड पुत्र प्रकाश मार्फत नजिकिएका थिए ।


ADVERTISEMENT

# # #


काग्रेससंग घनिष्ट पारिबारिक सम्बन्ध नै भएपनि आईजीपी बन्नकै लागि माओबादी नजिक हुन खोजेका उनको दोहोरो चरित्र स्पष्ट भएको छ ।

यद्यपी आईजीपी बन्ने खनालको सपनामा तुसारापात लागेको छ । कयौ सख्यामा स्याडज्यामा प्रहरीहरु उनको कमाण्डमा मारिएका थिए । योजना बुनेर घटाईएको उक्त घटनामा उनी भने नाटकिय ढङबाट भागेर कलभर्टमा लुकी ज्यान बचाएका थिए । बिभागीय कारबाही र कमाण्डमा नालायक भएको भन्दै उनलाई जिम्मेबारीबाट हटाईएको थियो । गिरिजा काग्रेसको पालाका तत्कालीन गृह सचिब पदम प्रसाद पोख्रेलका आफ्नै छोरी ज्बाई र गिरिजाका सल्लाहकार सुबिर खनालको आफ्नै भाई भएको नाताले उनलाई सेबा प्रबेश गरे लगत्तै भबिष्यको आईजीपीको लागि लाल पुर्जा समेत दिएको थियो भन्ने समेत गरिन्छ ।

५४ जना आफ्नो ब्याचका साथीहरुलाई प्रतिस्पर्धिबाट बन्चित गरि आफु तल रहे पनि लिफ्ट लगाई खनाललाई माथि लगिएकै कारण ब्याजीहरुलाई मास्टर प्लान बनाएरै अन्याय गरिएको थियो । काग्रेसी दरबारबाट पोषित उनीबाट आफ्नै ब्याजीहरु सबै रुष्ट रहेका छन् । स्वभावमा घमण्डी भनेर चिनिने उनी नेबिसघका क्याडर रहेको पत्ता लागेको छ । काग्रेंस सरकारले पालन पोषण गरेका उनको कमाण्ड कमजोर र निष्पक्षरुपमा हुन नसक्ने भन्दै आलोचना भएको छ ।

ससुरा पदम प्रसाद पोख्रेल, दाजु सुबिर खनाल मार्काहरु जोडतोडका साथ हात धोएर जसरी पनि उनलाई आईजीपी बनाउन दौडमा रहँदा पनि पार नलाग्ने देखिए पछि दलालहरु मार्फत पैशा खर्च गरेरै भएपनि आउने कसरतमा लागेको समेत बुझिएको छ ।

नियमित रुपमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री निवास धाउनु खनालको दिनचर्या नै भएको छ । यसबाट प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु समेत दिकदार बनिसकेका छन् । नेपाल प्रहरीलाई योगदान दिनु भन्दा पनी सगठनबाट धेरै कोणबाट फाईदा लिदै आएकामा उनी पर्छन ।

नाटकीय शैलीमा सञ्चारमाध्यममा छाउने अर्का डीआईजीपी रमेश खरेल समेत अन्तिम समयमा आईजीपीको दौडबाट पछी परेको खबर छ ।

३३ केजी सुन काण्डमा आफ्नी श्रीमतीलाई सुराकी राखेको काण्डमा खरेल मुछिएका छन् ।

आफ्नो कमजोरी बाहिर नआओस् भनेरै यसअघि नवराज सिलवाललाई आईजीपी हुनबाट रोक्न खरेल लगायतको समुह लागेको थियो ।

खरेलले कुनै टेलिभिजन मार्फत एमाले नेता बामदेब गौतमलाई भ्रष्टाचारीको सार्वजनिक आरोप लगाउँदै गृहमन्त्री हुन नदिन दौडधुप गरेका थिए ।

ट्रयाक रेकर्ड हेर्दा समेत दुबै डीआईजीपीहरु प्रतिस्पर्धामा पछि देखिएका छन् । काठमाडौंमा पटक पटक अवसर दिँदै मिडियामा आउन दिएको अवसरलाई दुरुपयोग गर्दै देश, संगठन र जनताका लागि भन्दा पनि शान्ति सुरक्षा जस्तो संबेदनशील क्षेत्रलाई बेवास्था गर्दै आँफू केन्द्रित मनोभावनाले खनाल र खरेल लागिरहे पनि बदलिँदो समयमा कर्म बोल्ने अर्को कुनै नामको खोजि भईरहेको बुझिएको छ ।

भ्रष्टाचारमा शुन्य सहनशिलता, सुशासन, विकास र समृद्धिको एजेन्डा बोकेको बर्तमान सरकारले प्रहरीमा सोही बमोजिमको मनोभावना प्रदर्शित हुने नेतृत्व खोजिरहेको बुझिएको छ ।

नयाँ आईजीपीका बिषयमा प्रधानमन्त्री केपी ओलीको मौनता अर्थपूर्ण देखिएको छ । आफ्नो स्प्रिट अनुसार काम गर्न सक्ने नेतृत्वको समुन्द्र मन्थनमा ओलीले अहिले एक, दुई, तीन नम्बरमा देखाईएका भन्दा अन्य नामबाट सप्राईज दिने आँकलन गरिएको छ ।

नेपाल प्रहरीमा आइजीपीका लागि चार डिआइजी प्रमुख दावेदार रहेका छन । आइजिपीका लागि ट्रयाक रेकर्डको आधारमा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, धिरु बस्न्यात प्रमुख दावेदार देखिएका हुन् । प्रधानमन्त्रीले गम्भिर निर्णयका साथ योग्य, क्षमतावान र ईमानको नयाँ आईजीपी बनाउने तयारीमा रहेका छन् ।