काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ ।


ADVERTISEMENT


वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


वार्तामा प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन् ।  साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराकी थिइन् ।

यसैगरी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई उनको नियुक्तिमा बधाई दिंदै भारत सरकार र भारतीय जनताको तर्फबाट शुभकामना व्यक्त गरे । उनले नेपालमा हालै भएका विरोध प्रदर्शनका क्रममा भएको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरे । ।

प्रधानमन्त्री मोदीले दुई देशबीचको विशेष सम्बन्धलाई थप सुदृढ पार्न सदैव मिलेर काम गर्न भारत तत्पर रहेको र शान्ति र स्थिरता पुनर्स्थापना र नेपाली जनताको प्रगतिका लागि नेपालको प्रयासमा भारतको पूर्ण समर्थन रहेको कुरा व्यक्त गरे ।

जवाफमा प्रधानमन्त्री कार्कीले नेपालप्रति भारतले देखाएको दृढ समर्थनका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिइन् । उनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्ने प्रधानमन्त्रीको इच्छालाई समर्थन गरिन् ।

प्रधानमन्त्री मोदीले नेपालको आउँदो राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री कार्कीलाई शुभकामना पनि दिए। साथै दुवै प्रधानमन्त्रीले निरन्तर सम्पर्कमा रहने सहमति जनाए ।