काठमाडौं – विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले जुन ६, २०२६ मा शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रम मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा तथा आर्बर डे फाउन्डेसन र फिल्ड इन्स्टिच्युट फर इकोकल्चरल रिस्टोरेशन (इको कल्चर) सँगको सहकार्यमा कार्यान्वयन गरिएको थियो ।


ADVERTISEMENT

# # #


काठमाडौंबाट करिब ४५ मिनेटको दूरीमा रहेको पताप गाउँमा आयोजित कार्यक्रममा मेटलाइफ नेपालका करिब ५० जना सहकर्मीहरूले एफ ०२६ राजमार्ग तथा शंखरापुर सडक करिडोर आसपास ५०० वटा फलफूल, बदाम तथा स्थानीय प्रजातिका बिरुवाहरू रोपेका थिए । यस पहलले एकल बाली प्रणाली (मोनोकल्चर फार्मिंग) बाट दिगो कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री) तर्फको रूपान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । वातावरणीय संरक्षणसँगै स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले टिमुर, ओखर तथा आरुका बिरुवाहरू छनोट गरी रोपिएका हुन् ।

हिमाली क्षेत्रको फेदीमा अवस्थित पताप गाउँ माटो कटान, बाढी तथा पहिरोजस्ता वातावरणीय जोखिमप्रति संवेदनशील रहँदै आएको छ । जैविक विविधताको संरक्षण, जमिनको स्थायित्व अभिवृद्धि तथा पुनःवनरोपण र कृषि अभ्यासको संयोजनमार्फत समुदायको उत्थानशीलता सुदृढ गर्ने उद्देश्यले यो पहल सञ्चालन गरिएको हो। वृक्षारोपण गरिएका बिरुवाहरूको उचित संरक्षण तथा दीर्घकालीन अनुगमन सुनिश्चित गर्न फिल्ड इन्स्टिच्युटले स्थानीय समुदायसँग निरन्तर सहकार्य गर्नेछ ।

कार्यक्रमबारे आफ्नो धारणा व्यक्त गर्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “यो परियोजनाले मेटलाइफको उद्देश्यलाई व्यवहारमा उतारेको छ । मेटलाइफ फाउन्डेसनतथा हाम्रा विश्वसनीय साझेदारहरूको अमूल्य सहयोगमा हामी समुदायसँग हातेमालो गर्दै वातावरणीय प्रणालीको पुनस्र्थापना, जीविकोपार्जनका अवसरहरूको प्रवद्र्धन तथा भावी पुस्ताका लागि दिगो वातावरणीय उत्थानशीलता निर्माण गर्न पाउँदा गर्व महसुस गर्दछौं ।”