सुर्खेत– कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा विद्याभूषण मानन्धर नियुक्त भएका छन् । बुधवार प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्था अनुसार धारा १६० को उपधारा २ बमोजिम मानन्धरलाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष शिफारिस गरेका थिए ।


ADVERTISEMENT

# # #


मुख्य न्यायाधिवक्तामा नियुक्त भएका मानन्धरलाई आज नै दिउँसो तीन बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ लिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।

२०५२ सालदेखी अधिवक्ता भएर काम थालेका मानन्धर मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य, नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य समेत हुन् ।