काठमाडौं – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल चलिरहदा पानी परेपछि खेल स्थगित गरिएको छ । वर्षा नरोकिएपछि खेल भोलि बिहान ११ः३० सम्मकालागि स्थगित गरिएको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले २ ओभरको क्षतिमा विना विकेट ८ रन बनाउदा पानी परेको थियो ।


ADVERTISEMENT

# # #


इलिमिनेटरको खेलमा सीवाईसी अतरियालाई १५ रनले पराजित गर्दै मेहन्द्रनगर दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । काठमाडौं गोल्डेन्स भने पहिलो क्वालिफायरमा टिम चौराह धनगढीसँग १ विकेटले पराजित हुदै फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर कुर्नु परेको हो ।

महेन्द्रनगर र काठमाडौंबीचको विजेताले डीपीएल–२ को उपाधिका लागि टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।