काठमाडौं –  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा १ हजार र चाँदी  ३३५ ले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल ३ लाख ८ हजार  कायम भएको छ । एक तोला चाँदीको मूल्य ४ हजार ८९५ निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


गत शुक्रबार एक तोला सुन ३ लाख ९ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार २३० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।