काठमाडौँ – सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । एआईजी केसीलाई यसअघि सीइआईबीको प्रमुख रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरे अघि बढाएपछि सरुवा गरिएको थियो । उनी पुनः सीआईबीको प्रमुखको जिम्मेवारीमा फर्किएका हुन् ।
सीआईबीमा हाल प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया निमित्त कार्यालय प्रमुखका रुपमा रहेका छन् ।


























































