काठमाडौं– अन्तरिम सरकारी नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ । नवनियुक्त पाँच जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको राष्ट्रपतिका कार्यालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका थिए ।
सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ। यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।


























































