काठमाडौँ – नेपाल सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ दिलाएका हुन् ।


ADVERTISEMENT


शपथ लिनेमा अनिल कुमार सिंहा, महावीर पुन, मदन परियार र जगदिश खरेल रहेका छन् । जस अनुसार अनिल कुमार सिंहाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जगदिश खरेलले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र मदन परियारले कृषि तथा पशुपञ्छी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार (असोज ६ गते) उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि अर्थमन्त्री रामेश्वर खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङले शपथ लिइसकेका छन् ।

यससँगै प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । त्यस्तै यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी समालेका रामेश्वर खनाललाई सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।