काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७ सयरुपैयाँ थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ ।


ADVERTISEMENT

# # #


आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७ सय रुपैयाँ पुगेको हो ।