काठमााडौं– सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा भारत सरकारको धारणा सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । उपाध्यक्ष रावलले तराईमा हुने डुबान समस्या समाधानका विषयमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतसँग कसरी विषय उठान गर्यो भनि प्रश्न समेत गरे ।


ADVERTISEMENT


विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर परियोजना कसरी अघि बढाउने भन्ने विषयमा संयुक्त पत्रकार सम्मेलनमा जानकारी नगराइएकाले आफू यस विषयमा अनविज्ञ रहेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


भारतको राजकीय भ्रमणपछि प्रधानमन्त्री ओलीसँग भेट नभएको भन्दै उनले भारतले २० वर्षमा पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न समेत चासो नदिएको पनि स्मरण गराए । एमाले नेता रावलले मुलुकको साझा हितका सहकार्य गरेर अघि बढन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गरे ।