काठमाडौं– बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा १७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार भने सोही सुन तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ७ सय रुपैयाँमा कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ६ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



























































