काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहयोगीका रुपमा पारिवारिक सदस्य वा नाता पर्ने कसैलाई नराख्न प्रदेश मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँले बुधबार प्रदेशका मन्त्री र प्रदेश सचिवहरुलाई बोलाएर आफ्ना एकाघरका नातेदार वा पारिवारिक सदस्य कसैलाई पनि स्वकीय सचिव, सवारी चालक, कार्यालय सहयोगीका रुपमा नराख्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘कोही नाता सम्बन्ध जोडिएको ड्राइभर होस्, कार्यालय सहयोगी होस्, अधिकृत होस्, कोही पनि मुख्यमन्त्रीले, मन्त्रीले राख्ने छैन ।’ उनले भने, ‘प्रदेश प्रमुखले पनि राख्नहुन्न भन्ने मेरो विश्वास छ । नाता जोडिएको एकाघारको कोही पनि नराख्नु होला । यो मेरो अनुरोध साथै निर्देशन समेत हो ।’

जस अनुसार अब मन्त्री वा प्रदेश सचिवले आफ्नो सचिवालयमा पारिवारिक सदस्य वा नातेदार नियुक्त गर्न पाउने छैनन् ।