काठमाडौं–गोली प्रहारबाट घाइते धर्मगुरु श्रीनिवासाचार्यलाई बलिउड अभिनेत्री मनिषा कोइरालाले भेटेकी छन् ।


ADVERTISEMENT


विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासाचार्यलाई बुधबार राति मनिषाले भेटेकी हुन् ।


ADVERTISEMENT

# # #


अभिनेत्री कोइरालासँगै उनका पिता प्रकाश कोइराला, आमा सुष्मा कोइराला श्रीनिवासाचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

मनिषाले घटनाप्रति दुःख व्यक्त गर्दै श्रीनिवासाचार्यको स्वास्थ्यलाभको कामना गरेकी थिइन् । उनले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत गरिन् ।