काठमाडौं– कारोबार हुने साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले बढेर २ लाख २२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ६ सय ८५ रूपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर २ हजार ७ सय ४० रूपैयाँ कायम भएको छ ।



























































