काठमाडौँ– नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म पर्वको राजधानीमा आइतबार ट्रेलर तथा मोसन पोस्टर सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


रोमान्टिक थ्रीलर भनिएको ‘पर्व’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् । नम्रता श्रेष्ठ र कोशिस क्षत्रीले पहिलो पटक स्क्रिन सेयर गरेको फिल्म जेठ १२ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ । छायांकन अवधिमै सार्वजनिक गरिएको फिल्मको एउटा गीत ‘काले दाइ’ का कारण पनि ‘पर्व’ ले हाइप पाएको छ ।
निश्चल बस्नेत र माला लिम्बू फिचरिङ उक्त गीतलाई युट्युबमा तीन महिनाभित्रै झन्डै ९२ लाख पटक हेरिएको छ । यसअघि नम्रता श्रेष्ठ र आर्यन सिग्देलको जोडीलाई लिएर ‘क्लासिक’, ‘नोभेम्बर रेन’ बनाइसकेका निर्देशक राउत लभस्टोरी  फिल्ममा आफूलाई बढी सहज मान्छन् ।


ADVERTISEMENT

# # #


‘थ्रीलर फिल्म मेरो विधा नै हैन जस्तो लाग्थ्यो । पत्याउनु हुन्न होला, यसअघि मैले एउटै पनि सस्पेन्स–थ्रीलर फिल्म हेरेको थिइनँ,’ निर्देशक राउतले कार्यक्रममा बोल्ने क्रममा भने, ‘पहिलो पटक यो स्क्रिप्टमा काम गर्ने प्रस्ताव आउँदा आङ नै सिरिंग भएको थियो । पछि सोचें, आखिर फिल्म त फिल्म नै हो, जुन विधाको भए पनि । मैले त्यो स्टोरीको गहिराइ महसुस गर्न सक्छु वा सक्दिनँ भन्ने कुरा महत्त्वपूर्ण लाग्यो । यस पटक कोशिस गरेको छु । अहिले सम्पादन चरणमा फिल्म हेरिसकेपछि भने केही नयाँ काम गरेछु जस्तो लागेको छ ।’

भिडियो हेर्नका लागि तलको बक्समा क्लिक गर्नुहोस्