काठमाडौं– सिटिजन्स बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।


ADVERTISEMENT


बैंकको आज बसेको ४९१औं सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। बैंकको प्रस्ताव अनुसार, हालको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले हुन आउने रू. ७३ करोड ८४ लाख ५० हजार ६४८ बराबरको बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) ३ करोड ८८ लाख ६५ हजार ८२३ प्रस्ताव गरिएको छ।


ADVERTISEMENT

# # #


कुल प्रस्तावित लाभांश रकम ७७ करोड ७३ लाख १६ हजार ४७१ हुने बैंकले जनाएको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै कार्यान्वयनमा ल्याइनेछ।

२०६४ सालदेखि व्यावसायिक कारोबार सुरु गरेको सिटिजन्स बैंकले २०६५/६६ देखि निरन्तर रूपमा शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ।

बैंकले हालसम्मको औसत लाभांश दर ११.८७ प्रतिशत रहेको र पछिल्लो १० वर्षको औसत लाभांश दर १०.५२ प्रतिशत पुगेको जनाएको छ।