काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक जित हात पारेको छ। नेपालले  वेस्ट इन्डिजलाई १९ रनले हराउँदै पहिलो पटक कुनै टेष्ट राष्ट्रमाथि जित निकालेको हो।


ADVERTISEMENT


शनिबार शारजहा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो।


ADVERTISEMENT

# # #


वेस्ट इन्डिजका लागि नवीन विदेशीले सर्वाधिक २२ रन बनाए । यस्तै अमिर जङ्गो र फेबियन अलेनले समान १९ तथा कप्तान अकिल हुसेनले १८, केसी कार्थीले १६,  अकिम अगस्त्यले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन्।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए भने कप्तान रोहित पौडेल, नन्दन यादव, दिपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजबंशीले समान १/१ विकेट हात पारे।

यसअघि ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ले ३० रन बनाउँदा गुलशन झाले २२ रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन खर्चे । त्यस्तै नविन विदाशीले तीन विकेट लिए । वेस्ट इन्डिजका अकेल हुसेनको नाममा एक विकेट लिए ।

यी दुई टोली बीच दोस्रो खेल सोमबार राति हुनेछ।