काठमाडौँ– स्थानीय तहको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल एक भएर लड्ने भएका छन् । यससँगै डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्न मसाल लिएर चुनावमा लड्नेछ ।


ADVERTISEMENT


एकता प्रक्रिया टुंगोमा पुग्न नसकेपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कार्यगत एकता गर्न सहमत भएका छन् ।


ADVERTISEMENT

# # #


नयाँ शक्तिका नेता गंगा श्रेष्ठले भने ‘हामीले चुनाव चिन्ह नपाएपछि गठबन्धनमार्फत चुनाव लड्नुपर्ने भयो। अहिलेको ऐनमा भारतमा जस्तै गठबन्धनमार्फत चुनाव लड्ने व्यवस्था भएकाले अहिलेलाई संघीय समाजवादी फोरमसँग गठबन्धनमा जाने निर्णय गर्‍यौ।’  यो चुनावी मोर्चाबन्दीमा अन्य दललाई पनि सामेल गर्ने प्रयास भइरहेको फोरम सअहध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘नयाँ शक्ति र हाम्रो कन्र्फम भइसक्यो । अरु ५/६ वटा दलसँग पनि कुराकानी भइरहेको छ ।’

शक्ति र संघीय समाजवादी फोरमले आजै निर्वाचन आयोगलाई पत्र लेखेर फोरमको चुनाव चिह्न मसालबाट चुनाव लड्ने जानकारी गराउने तयारी गरेका छन् ।

नयाँ शक्ति पार्टीका एक नेताले पनि फोरमको चुनाव चिह्न मसाल लिएर चुनाव लड्ने तयारी भइरहेको स्वीकार गरे । ‘हामीले आफ्नो चुनाव चिन्ह नपाएपछि संघीय फोरमसँग मोर्चाबन्दी गर्न लागिएको हो’ उनले भनेका छन् ।