वीरगन्ज– वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ ।


ADVERTISEMENT


जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो ।


ADVERTISEMENT

# # #


जिल्लामा यस वर्ष किसानले २८ हेक्टर ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा वैशाखको पहिलो साता आएको असिनाबाट जिल्लामा ३० प्रतिशत गहुँ बाली क्षति भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरतन साहले बताए ।

यसैगरी, सो असिनाबाट बारा जिल्लामा दलहन बाली ५० प्रतिशत, तरकारी बाली २५ प्रतिशत र हिउँदे मकै बाली २० प्रतिशत क्षति भएको सो कार्यालयले जनाएको छ ।