काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज ‘वान टू वान’ वार्ता हुने भएको छ ।


ADVERTISEMENT


एमाले नेता सुवास नेम्वाङका अनुसार आइतबार पहिला दुई अध्यक्षबीच ‘वान टूवान’ वार्ताभएपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाएर सहमति जुटाउने तयारी भएको छ ।


ADVERTISEMENT

# # #


नेम्वाङका अनुसार ओली र प्रचण्डको ‘वान टू वान’ पछि आज वा भोलि सम्ममा एकता संयोजन समितिको बैठक बोलाइने छ ।

दुई नेताबीच हुने ‘वान टू वान’ वार्ताको स्थान र समय भने खुलाइएको छैन् । प्रधानमन्त्री ओली गत चैत ३० गते रारातर्फ गएका थिए ।

उनी आइतबार काठमाडांै आइसकेका छन् । त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड पनि विगत केही दिनयता उपत्यका बाहिरका जिल्लाका कार्यक्रममा बढि व्यस्त बनेका छन् ।

नेताहरु बाहिरी कार्यक्रममा बढि व्यस्त हुनु परेकाले एकताबारे छलफल हुन नसकेपनि अब ठोस परिणाम आउने गरी छलफल हुने एमाले नेता नेम्वाङले दावी गरे ।

‘एकताबारे पछिल्लो समय जे जति समचार आएका छन् तिनमा कुनै सत्यता छैन । दुई नेताहरुबीच नमिलेका विषयमा सौहाद्रपुर्ण छलफल हुन्छ र नौ गते नै पार्टी एकता घोषणा हुन्छ ।’ उनले भने ।
माओवादीले सम्मानजन एकताको विषय अगाडि सारेपछि दुई पार्टीवीचको एकतामा ढिलाई हुने भएको छ । यसअघि उनीहरुले बैशाख ९ मा पार्टी एकता गर्ने बताएका थिए ।

पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी नेताहरुको असन्तुष्टि पनि देखिएको छ । त्यसैले ओली र प्रचण्डवीच आज हुने ‘वान टू वान’ वार्ता अर्थपूर्ण हुन सक्छ ।