काठमाडौं – प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले प्रदेश राजधानी हेटौंडामा राखेको आफूलाई चित्त नबुझेको बताएका छन् ।


ADVERTISEMENT


ललितपुरमा सोमबार आयोजित कार्यक्रममा उनले एमालेकै कतिपय नेताहरु हेटौंडाबाट राजधानी सार्न हुन्न भन्ने मत राखे पनि आफ्नो त्यसमा सहमति नभएको बताए । ‘केही एमालेकै मान्छेले हेटौंटाबाट सार्न हुन्न भन्छन्, मैले सार्ने हैन अन्त तोक्ने हो’ उनले भने ।


ADVERTISEMENT

# # #


अहिले आफूलाई मन्त्री भएजस्तोसमेत नलागेको भन्दै उनले गाडीमा झण्डासमेत नहालेको टिप्पणी गरे । मन्त्री स्थापितले प्रदेश ३ का जिल्लामा एक जिल्ला एक कार्यक्रम सुरु गर्ने बताए । ‘लोखर्के गनेर बसेको छु म हेटौंडामा । अब जान्छु बीउ सार्ने हो’ उनले भने ।