काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७४ को घोषणापत्र सार्वजनिक गरेको छ। १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउने महत्वकांक्षी लक्ष्य सहित मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यम्रम माझ पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।


ADVERTISEMENT


कांग्रेसले प्रत्येक वर्ष तीनदेखि पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। ५१ पृष्ठ लामो घोषणापत्र तीन खण्ड र १२ शीर्षकमा विभाजित छ। कांग्रेसले विकास योजना अन्तर्गत विभिन्न चार महानगरको विकास योजनालाई प्राथमिकता दिएको छ। उसको घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवम् सभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ।’


ADVERTISEMENT

# # #


हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल

कांग्रेसले आफ्नो घोषणापत्रमा प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल, नगरपालिकामा २५ देखि ५० शैयाको अस्पताल स्थापनाको प्रतिबद्धता जनाएको छ । निःशुल्क डायलेसिस र महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय स्तरसम्म विस्तार गर्ने पनि उसको प्रतिवद्धता छ ।

कांग्रेसले सबै गाविसमा स्वास्थ्य संस्था स्थापना गर्ने र प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने बताएको छ । प्रत्येक नागरिकको स्वाथ्य विमा, विशिष्ट चिकित्सा पर्यटन, एक विपन्न परिवारः पानीको एक निःशुल्क धारा, स्थानीय तहसम्म सुुत्केरी भएको २ वर्षसम्म पोषण कुपन नारा पनि दिएको छ ।

कांग्रेसले घोषणा पत्रमा सामाजिक सुरक्षामा उल्लेख्य बृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने प्रतिवद्धता पनि घोषणा पत्रमा गरेको छ । साथै हरेक गाउँपालिकामा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने बताएको छ ।

१० वर्षभित्र शिशु मृत्यु दरलाई ५ वर्षभन्दा कम र मातृ मृत्युदरलाई प्रति एकलाखमा ५० भन्दा कममा झार्ने अठोट गरिएको घोषणा पत्रमा उल्लेख छ ।

प्रदेश र स्थानीय तहलाई ६०० अर्ब बजेट

कांग्रेसले संघीय बजेटको आधाभन्दा बढी प्रदेश र स्थानीय सरकारमा साझै पठाउने प्रतिवद्धता जनाएको छ । यो आगामी आर्थिक वर्षमा नै करिव ६०० अर्ब हुने उसले बताएको छ । स्थानीय तहमै जनताको माग र आवश्यकता अनुसार आयोजना छनोट र निर्माण प्रभावकारी बनाउने, महत्वपूर्ण स्थानीय परियोजानामा बहुवर्षीय बजेटको प्रतिवद्धता गरिने समेत बताएको छ ।

उसले घोषणा पत्रमा नै स्थानीय सरकारले परियोजना सुरु गर्दा खोजिने आधार पेश गरेको छ, जसमा रणनीतिक, विकास, वित्तीय, प्राविधिक र व्यवस्थापकीय छन् ।

कांग्रेसले १० वर्षभित्र भोकमरी र कुपोषण अन्त्य गर्ने र गरिबीको रेखामुनि रहेका जनताको संख्यालाई ३ प्रतिशतभन्दा तल झार्ने कांग्रेसको संकल्प छ । पढ्नुहोस्

हेर्नुहोस्  कांग्रसको चुनावी घोषणापत्रको पूर्ण पाठ