काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ ।


ADVERTISEMENT


भारतको दिल्लीस्थि मेदान्त अस्पतालमा मुटुको अप्रेशनपछि आइसीयुमा राखिएको संयोजक ठाकुरलाई क्याबिनमा सारिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


चैत २७ गते नियमिति स्वास्थ्य जाँचका लागि मेदान्त अस्पताल पुगेका ठाकुरको एनजीओग्राफी गरेपछि मुटुमा बग्ने रगत ‘ब्लोकेज’ पाइएको थियो । रगत सञ्चालनका लागि तीनवटा स्टेन लगाएर विशेष निगरानीमा चार दिनसम्म आइसीयुमा राखिएको थियो ।

उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको पनि सिंहले बताए ।

यसैबीच दुई साताकोबीचमा संयोजक ठाकुरसहित अन्य नेताहरुको स्वास्थ्यमा पनि समस्या देखिएको छ । पार्टीका वरिष्ठ नेता एवं दुई नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय यादवपनि अस्वस्थ भए ।

सर्लाहीस्थित निवासमा बैशाख १ गते अचानक छाती दुखेको महसुस गरेपछि हेलिकप्टरबाट सहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्रमा उनलाई भर्ना गरिएको थियो । उनको मुटुमा ब्लड ब्लोकेज भएको कारण अप्रेशन गरि स्टेन राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई सोमबार आइसीयुबाट क्याविनमा सारिएको छ । यस्तै राजपा नेपालका उपाध्यक्ष एवं दुई नम्बर प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साह (रामबाबु) लाई पनि मुटुको समस्या भएको थियो । चैत २६ गते अचानक मुटुको गति बढेपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

मुटुको गति बढेसँगै उनलाई उच्च ज्वरो पनि लागेको थियो । नर्भिक अस्पतालमा पाँच दिन उपचार गराएर उनी घर फर्केको उनका सहयोगी राजकुमार यादवले जानकारी गराए ।

त्यस्तै, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवलाई पनि मुटुको नियमिति स्वास्थ्य जाँचका लागि चैत २६ गते दिल्ली स्थित मेदान्त अस्पताल पुगेका छन् । हाल उनी दिल्लीमै रहेका छन् ।

मुटुमा समस्या देखेपछि उनको पनि एक वर्षअघि मुटुको अप्रेशन भएको थियो । अप्रेशनपछि उनले मेदान्तमा नियमिति स्वास्थ्य जाँच गराउँदै आएका छन् । उनको छातीमा पनि पेस मेकर लगाइएको बताइएको छ ।