काठमाडौं–लामो समयदेखि अबरुद्ध बनेको काठमाडौंको बाहिरी चक्रपथ बन्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको बाहिरी चक्रपथको डीपीआर स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैंठकले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा एकीकरणका लागि प्राधिकरणले जिम्मा पाएको हो । चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।