काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज (बुधवार) पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन् ।


ADVERTISEMENT


प्रचण्डले बिहान ११ बजे चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकको विद्यालयमा भर्ना गरि अभिभावकत्व ग्रहण गर्ने छन् । प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई विद्यालयमा भर्ना गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


उनको अभिभावकत्वमा दुई बालकले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् । मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरको बाहुल्य रहेको क्षेत्र हो ।