काठमाडौं–कालीमाटीस्थित सोल्टी होटलमा रहेको क्यासिनो माजोङमा प्रहरीले छापा मारेको छ ।


ADVERTISEMENT


नेपालीलाई जुवा खेलाईरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट गएको प्रहरी टोलीले क्यासिनाका एमडी बिनोद श्रेष्ठसहित जुवा खेलिरहेका ८ नेपालीलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


‘पटक–पटक नेपाली प्रवेश गराएको सूचनाको आधारमा छापा हानेका हौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘८ जना पक्राउ परेका छन्, पक्राउ परेकामध्ये केही पटकेहरु रहेका छन् ।’

मंगलबार राती ११ बजेर २० मिनेटमा क्यासिनोमा जुवा खेलिरहेका माजोङको सिईओ बताउने ओम कर्माचार्य, मकवानपुर स्थायी घर भएका बिकल्प पोखरेल, ललितपुरका शंकर पौडेल, स्वयंभुका तेन्जिङ मेलेक, काठमाडौंका रन्जित खड्गी, ललितपुरका अरुण सेडाई र मुस्ताङका साङ्गे पासाङ ठकुरी पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ ।

माजोङ क्यासिनो ब्यवस्थापनले यसअघि पनी नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउँदै आएको थियो ।