काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले छलफल गरेकी छन् ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।

छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सम्पन्न गर्न सरकारका तर्फबाट सवै प्रकारको सहयोगको प्रतिवद्धता जनाएको प्रवक्ता भट्टराईले जानकारी दिए । उनले निर्वाचनका विषयमा दलहरुसंग पनि छलफल गर्ने तयारी भएको बताए ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।