काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले एमालेसँगको एकता वैशाख महिनामै हुने बताएका छन्।


ADVERTISEMENT


चितवनको भरतपुरमा बुधबार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तयारी पुरा नभएकाले वैशाख ९ गते पार्टी एकीकरण हुने सम्भावना टरेको बताए। ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदले बुझाएको प्रतिबेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल शुरु भएकाले ९ गतेनै सबै टुंगिदैन कि, भन्ने हाम्रो ठम्याइ हो,’ उनले भने।

संचारमाध्यममा आएजस्तो चुनाव चिन्ह, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको उनले बताए।

उनले नयाँ बन्ने पार्टीको विधानमा जनयुद्व र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने ? भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो विचमा भोलिनै गम्भीर छलफल हुने बताए।

उनले पार्टी एकता हुदैन कि भन्ने आशंका नगर्न सबैलाई आग्रह समेत गरे।

‘अब कोशिश गर्दै छौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ। त्यसपछि मिति फिक्स हुन्छ।’

यसअघि दुबै दलको कार्यदलले वैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो। अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रूपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताए।

‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्व र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’, उनको भनाई थियो।