काठमाडौं–कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले बुधबार नेपाल धितोपत्र बोर्डका आइपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएको छ । यसको बिक्रि प्रबन्धकको काम काठमाडौ क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल मार्केटले गर्नेछन् ।


ADVERTISEMENT

# # #


बोर्डबाट आइपिओ निष्काशनको स्विकृति पाएपछि कम्पनीले सेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरको १२ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

यसअघि कालिकाले आयोजना प्रभावित गोरखाका स्थानीयलाई १० प्रतिशत अर्थात ६ लाख कित्ता आइपिओ निष्काशन गरेको थियो । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।