काठमाडौँ – आजदेखि ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेपछि नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार राती ८ः४५ बजे देखि सुरु हुँनेछ । नेपाली टोलीमा आज बलियो टोली उतारेको छ । यसअघि युएईको सारजहाँमा टेस्ट राष्ट्र वेष्टइण्डिजसँगको सिरिज गुमाएका स्टार स्पिनर सन्दीप लामिछाने नेपाली टोलीमा फर्किका छन् ।
कुवेतविरुद्ध नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान) सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललित नाराण राजवंशी ।
आगामी वर्ष भारतमा हुने टी–२० पुरुष विश्वकपका लागि पूर्वी एशिया प्यासिफिक र एशिया क्षेत्र छनोटमा ९ टोलीले सहभागिता जनाउँदैछन् । जसका लागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘बी’ मा परेको छ । जहाँ जापान र कुवेत रहेका छन् ।
यस्तै समूह ‘ए’मा मलेसिया, कतार र युएई रहेका छन् भने समूह ‘सी’मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् । सुपर सिक्स फर्म्याटमा खेलाइने प्रतियोगिताका उत्कृष्ट ३ टोली विश्वकपमा छनोट हुनेछन् ।
नेपालले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।



























































