बारा–महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिले आगलागी पीडित एक जोडीलाई आफ्नो व्यक्तिगत खर्चबाट बिहिबार विवाह गराइदिएका छन् ।


ADVERTISEMENT


महागढीमाई–५ स्थित कवहीजब्दीमा यही वैशाख १ गते भएको आगलागीमा विवाह तयारीका लागि राखिएका लत्ताकपडा, नगद र खाद्यान्न सामग्री जलेर नष्ट भएपछि दुलहीको परिवार बिचल्लीमा परेको थियो ।


ADVERTISEMENT

# # #


स्थानीयवासी रामविश्वास रामकी १९ वर्षीया छोरी रेखाकुमारीको विवाह कलैया उपमहानगरपालिका–१६ का २१ वर्षीय शिवपूजन रामसँग धार्मिक परम्परानुसार विवाह भएको हो । नयाँ वर्षको दिन अपराह्न भएको आगलागीबाट स्थानीय २८ जनाको घरमा भएको अन्नपात, लत्ताकपडा र नगद जलेर नष्ट भएको थियो ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवले कार्यपालिका सदस्यको बैठक बोलाई करीब रु पाँच लाखमा विवाहको चाँजोपाँजो मिलाइदिएका थिए ।

आगलागी पीडितको विवाह गर्न पाउँदा आफ्नै छोरीकै विवाह गर्न लागेको जस्तो महसुस भएको नगर प्रमुख यादवले बताए ।

आफ्नो सम्पूर्ण सरसामान आगलागीबाट नष्ट भएपछि नगर प्रमुखलगायत जनप्रतिनिधिले गरेको सहयोग आफूले कहिल्यै नर्बिसिने बेहुलीका बुवा रामविश्वासले बताए ।