पर्वत– पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।


ADVERTISEMENT


काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो ।


ADVERTISEMENT

# # #


घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडौं महानगरपालिका–१६ कि ३८ वर्षीया उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीया विन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ का २४ वर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका–४ कि१५ वर्षीया स्नेहा गुरुङ रहेका छन् ।

घाइते सबैजनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने धेरैजसोको गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी जवान सुदीप सापकोटाले दिएको जानकारीअनुसार गाडीमा २६ जना यात्रु सवार थिए ।

प्रहरीले चालक निदाएका कारण बस दुर्घटना भएको अनुमान गरे पनि पुष्टि भने भइसकेको छैन । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जानकारी जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेले दिए ।