काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान १४ घण्टापछि सञ्चालनमा आएको छ । हिजो राति मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज विमानस्थलको रन वेबाट चिप्लिएपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुलेको हो।


ADVERTISEMENT


रन वेबाट चिप्लिएको विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर घाँसे मैदानबाट सारेपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विमानलाई पार्किङस्थलसम्म पुर्याएर उडान सुचारु गरिएको छ ।

विमानस्थल सुचारु भएपछि अन्तर्राष्ट्रिय उडानमा हिजो डाइभर्ट गरिएर नयाँ दिल्ली र कोलकाता पुर्याएका विमानहरुलाई पहिलो प्राथमिकता दिइने प्रवक्ता ठाकुरले बताए ।

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो ।

मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको र सबै सकुशल रहेको विमानस्थलले जनाएको छ ।