काठमाडौं–लामो समयदेखि रोकिएको नेपाल प्रहरीको सईको बढुवा भएको छ । बढुवा सिफारिस समितिले ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ।


ADVERTISEMENT


२०६० सालमा सइमा बढुवा भएकाहरुको बढुवा निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । १ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो ।


ADVERTISEMENT

# # #


राजेन्द्र थापा, भुवनबाबु खड्का, अमृत बस्नेत, रेशम आर्चाय लगायतका सईहरु बढुवा सिफारिस समितिमा परेका छन् । बढुवा सिफारिस समितिले आजै जवानबाट हवल्दारका लागि ४०० जनाको नाम टुंगो लगाएको छ ।

केही दिनभित्रै इन्सपेक्टरबाट डिएसपीको पनि बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि उनले तल्लो दर्जाको बढुवा जाम खुलाएका हुन् ।

खनालले सबैभन्दा बढी योजना चाहिने भनेकै प्रहरी जवान र हबल्दार लागि हो, भनेका छन् । नेतृत्व तहमा रहेर माथिमाथिको मात्र नहेरी तल काम गर्ने ती प्रहरीमा केन्द्रित रहने खनालले बताएका छन् ।

बुट बजारेर परिवार नभनि दिनरात खट्ने समूह प्रहरीमा ठूलो भएको भन्दै खनालले त्यसलाई मुटुमा राखेर काम गर्ने बताएका छन् ।