काठमाडौं–नायिका प्रियंका कार्की ज्ञानेश्वरस्थित पुख्र्यौली घर छोड्ने तयारीमा छिन् । उनी परिवारसहित त्यहाँबाट अन्त सर्न लागेकी हुन् । घर साँघुरो भएको महसुस गरेर २–३ वर्षदेखि प्रियंकाको परिवारले अन्यत्र घर खोजिरहेको थियो । तर पछिल्लो समय फ्यानहरु घरमै आएर हैरान बनाएपछि यथासिघ्र सर्नुपर्ने अवस्था आएको हो ।


ADVERTISEMENT


‘म पहिले सामान डेलिभरी वा अरु प्रयोजनका लागि जोसुकैलाई आफ्नो घरको ठेगाना दिने गर्थे, तर त्यसो गर्नु नहुने रहेछ,’ प्रियंकाले स्रोतसँग भनिन् ।


ADVERTISEMENT

# # #


प्रियंकाले चाहेजस्तो घर भेटिइसकेको भए पनि त्यो कुन ठाउँमा हो भन्ने भन्ने खुलाउन मानिनन् । ‘अब त म चेतिसकेँ, आफ्नो घरको एड्रेस सार्वजनिक गर्दिन,’ उनले भनिन् ।

उनलाई भेट्न भन्दै धेरै अपरिचित व्यक्तिहरु घरमै आउने गरेका छन् । तीमध्ये एक जनाले त हदै गरे । आफूलाई फ्यान बताउने ती व्यक्ति बारम्बार घरमा आएपछि प्रियंकाका बाबुले आइन्दा नआउन सम्झाए । तर, उनले टेरेनन् ।

करिब एक महिना अगाडि उनी एउटा चिठी नै बोकेर आए । त्यो चिठी प्रियंकाको घरमा काम गर्ने दिदीलाई छोडेर गए । चिठी खोलेर हेर्दा त्यहाँ चेतावनीयुक्त सन्देश रहेछ । प्रियंकालाई सम्बोधन गर्दै उनले चिठीमा लेखेका छन्, ‘म तिमिीलाई धेरै माया गर्छु । तर, मैले पटक–पटक प्रयास गर्दा पनि तिमीले भेट गर्न चाहिनौ । अब यसको नतिजा राम्रो हुनेछैन ।’

सो चिठी पढेर प्रियंका र उनको परिवार चिन्तित बनेका छन् । पछि उनले दुख दिन सक्ने बुझेर बाबुले कमल पोखरी प्रहरीलाई स्ट्यान्डबाई राखेको प्रियंकाले बताइन् । ‘म आफ्ना फ्यानसँग भेट्न अनिच्छुक होइन, तर ती व्यक्तिको इन्टेनसन गलत देखियो,’ प्रियंकाले भनिन्, ‘भेट्ने नाममा फ्यानहरु घरमै आएको पनि त ठिक होइन नी ।’

उनले अब सामान वा कार्ड डेलिभरीको लागि आफ्नो एड्रेस दिन छोडेको बताइन् । ‘कि बुवाको अफिसको एड्रेस दिन्छु कि मेगा बैंक (रविना देशराजको अफिस) मा पठाइदिनुस भन्छु,’ उनले भनिन् ।