काठमाडौं–सेयर बजारले १४०० को विन्दु पार गरेको छ । साताको पहिलो दिन आइतबार सेयर बजार बढ्ने क्रमले निरन्तरता पाउँदै १४३८.४९ विन्दुमा आइपुगेको छ । नेप्से परिसुचक ५०.१८ अंकले बढ्दा कारोबार रकममा बृद्धि भएको छ ।


ADVERTISEMENT


यस दिन १ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा १६७ कम्पनी आएका थिए । सबै समुहमा हरियाली छाउँदा बिमा समुहमा उछाल आएको छ । बिमा समुह ३५२.९९ अंकले बढेको छ । यता माइक्रो फाइनान्सतर्फ पनि उत्साहजनक बृद्धि देखिएको छ ।


ADVERTISEMENT

# # #


माइक्रोफाइनान्स समुहतर्फ १००.२३ अंकले बढ्दा जलविद्युततर्फ ८९.८८ अंकले बढेको छ । होटल समुह ६५.२ अंकले बढेको छ । यस दिन सबैभन्दा बढी कुमारी बैंकको ५ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्रि भएको छ ।

दोस्रोमा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । राष्ट्रिय बिमा कम्पनीको ४ करोड ४० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा आज मात्र नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको सानिमा बैंकको ३ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ ।