हेटौंडा – प्रदेशसभा ३ का सांसदको लोगो र पोशाक निर्धारण भएको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेश सांसदले प्रयोग गर्ने लोगो र पोशाक निर्धारण गरेको हो ।


ADVERTISEMENT


बैठकले सांसदहरुको पोशाक कालो कोट, कालो जुत्ता, सेतो रंगको दौरा सुरुवाल तोकेको छ । महिला संसदले आफ्नो भेषभूषा अनुसारको पोशाक लगाउन पाउने निर्णय गरिएको प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रदेशसभाको विशेष समारोहमा खैरोकोट लगाउन सकिने निर्णय पनि भएको छ ।  सांसदको लोगोमा राष्ट्रिय झण्डा, गौरीशंकर हिमाल, पशुपतिनाथको मन्दिर र स्वयम्भूको आँखा रहने गरी ४/५ थरीका नमुना बनाउन लगाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले जानकारी दिए ।

‘हामी धेरैथरीका जातजातिको प्रतिनिधित्व गर्ने सांसदहरु छौं त्यसैले लोगोमा मन्दिर नराखौं, गैडा, धानको बाला राखौं भन्ने प्रस्ताव पनि भएकाले सबैथरीको बनाउने र पछि पास गर्ने गरी नमुना छाप्ने तयारी थालिएको हो’ उनले भने ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले लोगो बनाउनका लागि ४/५ थरीको नमुना बनाउन लगाएको छ ।