काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दुतावासका अधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् ।


ADVERTISEMENT


भ्रमणको तयारी गर्न गृहमन्त्रालयमा र नेपालस्थित भारतीय दुतावासका अधिकारीहरुको टोली स्थलगत अध्ययन गरी फर्केका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।


ADVERTISEMENT

# # #


मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ, उनले भने, जानकाी मन्दिर दर्शन गर्ने रुट, सम्बोधनका लागि तिरहुतिया गाछी रंगभुमि मैदान बाह्रविघा र मन्दिर परिसरलगायत ठाउँको अवलोकन गरिएको छ । – आजको कान्तिपुरबाट