काठमाडौं–प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् ।


ADVERTISEMENT


महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो ।


ADVERTISEMENT

# # #


तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, र प्रकाश अर्याललाई चुनौती दिँदै महानिरीक्षक बढुवा भएका खनालले सरुवा र बढुवा एकैपटक अघि बढाउन निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि अधिकृतसम्म गरी छ हजारको सरुवा एक हजार ६०० भन्दा बढीको बढुवा गर्न लागेको छ ।

प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न इकाइमा लामो समयदेखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । – आजको नेपाल समाचारपत्रबाट